सुनको मूल्य बढ्ने क्रम जारी, तोलाको कती ?

उज्यालो प्रतिनिधि ८ श्रावण २०७७, बिहीबार अर्थ

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम जारी रहेको छ । निरन्तर बढ्दो क्रममा रहेको सुनको मूल्य बिहीबार तोलामा ९४ हजार ५०० रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार फेरि ५०० रुपैयाँले बढेर तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । सुनको मूल्यमा यो हालसम्मै उच्च हो ।

बिहीबार तेजावी सुनको मूल्य भने तोलामा ९४ हजार ६५ रुपैयाँमा कारोबार भएको छ ।

यस्तै चाँदी तोलामा ११४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यसअघि बुधबार चाँदी तोलामा ११३५ रुपैयाँमा कारोबार भएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार