“यस वर्षको अन्त्यसम्ममा अमेरिकामा कोरोनाको खोप उपलब्ध हुन्छ”

उज्यालो प्रतिनिधि १ श्रावण २०७७, बिहीबार विश्व

वासिङटन । अमेरिकी सरकारको स्वास्थ्य सल्लाहकार तथा सरुवा रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले यस वर्षको अन्त्यसम्ममा अमेरिकामा कोरोनाको खोप उपलब्ध हुने बताएका छन ।

बुधबार मात्र अमेरिकी बायोटेक कम्पनी मोडेर्नाले बनाएको खोपले मानव परीक्षणमा सकारात्मक नतिजा दिएको समाचारहरु आएका थिए।

मोडेर्ना कम्पनीले नै अमेरिका पहिलो कोरोना भ्याक्सिन मानिसमा परीक्षण गरेको थियो। मोडेर्नाको खोप अब अन्तिम परीक्षणका लागि तयार भएको छ।

यस परीक्षणपछि खोप कोरोना संक्रमितहरुमा प्रयोग गर्ने कि नगर्ने भनेर निर्धारण हुने बताइएको छ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि फक्स न्युजसँगको अन्तर्वार्ताका क्रममा यसै वर्ष कोरोनाविरुद्धको खोप अमेरिकाले उपलब्ध गराइसक्नेमा आफू विश्वस्त भएको बताएका थिए। एजेन्सी

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार