अब अर्को बैंकको एटिएमबाट पैसा निकाल्दा शुल्क लाग्ने

उज्यालो प्रतिनिधि ३१ असार २०७७, बुधबार बैँक

काठमाडौं । भोलिबाट अर्थात साउन १ गतेदेखि एक बैंकको कार्ड प्रयोग गरेर अर्को बैंकको एटिएमबाट पैसा निकाल्दा शुल्क लाग्ने जनाएको छ । नेपाल बैंकर्स एसोसिएनलेसो कुराको जानकारी दिएका हुन ।

कोरोना महामारीका कारण सुरु भएको लकडाउनसँगै जुनसुकै एटिएमबाट रकम निकाल्दा पनि शुल्क नलाग्ने व्यवस्था गरिएको थियो । निशुल्क हुने व्यवस्था चैत ७ गतेबाट लागू भएको थियो ।

एसोसिएसनले साउन १ देखि एक बैंकको कार्ड र अर्को बैंकको एटिएममा प्रयोग गर्दा लाग्ने शुल्कबारे बैंकहरु स्वयम्ले तोक्न सक्ने जनाएको छ ।

निःशुल्क गरिरहँदा बैंकहरुले लागत धान्न नसक्ने अवस्था सिर्जना भएको भन्दै एसोसिएसनको बैठकमा छलफल भएको थियो ।

लकडाउन अगाडि पनि केही बैंकहरुले भने आफ्ना ग्राहकका लागि अन्य बैंकको एटिएम निशुल्क प्रयोग गर्न सक्ने सुविधा दिँदै आएका छन् ।

यस्तो शुल्क कतिपयकोमा निशुल्क भए पनि शुल्क लिनेहरुबीच पनि समानता छैन । बैंकहरु आवद्ध पेमेन्ट नेटवर्क र बैंकको निर्णयअनुसार शुल्कहरु फरक हुन्छन् ।

केही बैंकहरु भिसा, एससिटी, नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट वा नेसनल पेमेन्ट नेटवर्क (एनपिएन)मामध्ये कुनै एकमा मात्र आवद्ध छन् भने केही बैंकहरु दुई वा दुईभन्दा बढी नेटवर्कसँग पनि आवद्ध छन् ।

शुल्क विवरणहरु कतिपय बैंकहरुको निर्णयअनुसार घटबढ भइरहन्छ । कतिपयले निश्चित समयका लागि निशुल्क अवसर दिएर ग्राहक तान्ने काम गरिरहेका हुन्छन् ।

एटिएम कार्ड प्रयोग गर्दा आफ्नो बैंकको निर्णय, अफर र बैंक आवद्ध पेमेन्ट नेटवर्कबारे पर्याप्त जानकारी राख्न आवश्यक हुन्छ ।

फरक नेटवर्कमा आवद्ध एटिएम प्रयोग गर्दा अधिकतम् २५० रुपैयाँसम्म लाग्नसक्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार