काठमाडाैं । शुक्रबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार छापावाल सुनको मूल्य ९२ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।
बिहिबार तोलामा ९२ हजार ४०० रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको सुनको मुल्यमा शुक्रबार तोलामा २०० ले कमि आएको हो ।
यस्तै, तेजावी सुन ९१ हजार ७६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
यसैगरी चाँदीको मूल्य भने स्थिर रहि ९८० रुपैयाँमा कारोबार भएको छ । बिहिबार पनि चाँदी सोही मुल्यमै कारोबार भएको थियो ।






