बूढानीलकण्ठ नगरपालिकाको बजेट १ अरब ६७ करोड ७८ लाख

उज्यालो प्रतिनिधि २५ असार २०७७, बिहीबार अर्थ

काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि रु एक अरब ६७ करोड ७८ लाख बजेट विनियोजन गरेको छ । नगरसभाले आव ०७७/७८ लाई लक्ष्य गरी ८४ महत्वपूर्ण निर्णयसमेत गरेको छ ।

बजेटमा पूँजीगततर्फको सबैभन्दा ठूलो विकास बजेटका रुपमा कपन ह्याण्डबल चौरको पूर्वाधार विकासका निम्ति रु आठ करोड विनियोजन गरिएको नगरपालिकाका प्रवक्ता तथा १० नं वडाध्यक्ष नवराज भट्टराईले जानकारी दिए । नगरपालिकाले कपन क्षेत्रको डुबानको दीर्घकालीन समस्या समाधानका लागि अध्ययन तथा अनुसन्धानका लागि समेत बजेट छुट्याएको छ । विनियोजन ऐनअन्तर्गत वडागत योजनाका लागि प्रत्येक वडालाई रु दुई करोड १५ लाखका दरले करीब २८ करोड बजेट विनियोजन गरेको हो ।

चालू आवमा नगरपालिकाले विभिन्न वडामा तीन सार्वजनिक शौचालय तथा प्रत्येक वडामा दुई उद्यान निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन बनाउने निर्णयसमेत गरेको छ । यस वर्ष नगरपालिकाले विशेष गरी नगरपालिकाभित्रका ठूला सडकमा सार्वजनिक जग्गा संरक्षण तथा उद्यान निर्माण, खानेपानी संरचना, कोसेली घर र नगर अस्पताल भवन निर्माण गर्ने भएको छ ।

नगरपालिकाले कोभिड –१९ ले नगरवासी तथा व्यवसायीलाई परेको समस्यालाई ध्यानमा राखी आव २०७७/०७८ को पहिलो चौमासिकसम्म सोही आर्थिक वर्षको सम्पत्ति करमा १५ प्रतिशत छुट दिने भएको छ । साथै व्यवसाय कर तथा बहाल करमा समेत छुटको व्यवस्था गरिएको छ । नगरसभाले १६ ऐन तथा कार्यविधि पारित गरेको नगरपालिकाले जनाएको छ । रासस

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार