पार्टी विभाजनतर्फ जान नदिन नेकपा काभ्रेका पाँच भ्रातृ संगठनले नेतृत्वलाई दिए दबाब

उज्यालो प्रतिनिधि २४ असार २०७७, बुधबार बागमती

काभ्रे । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का पाँच भ्रातृ संगठनले पार्टीभित्रको अन्तरकलह अन्त्य गर्न र पार्टी विभाजनतर्फ अघि बढ्न नदिन नेतृत्वलाई ज्ञापन पत्र पठाएको छ।

बुधबार राष्ट्रिय युवा संघ नेपाल, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), अखिल नेपाल महिला संघ, अखिल नेपाल ट्रेड युनियन महासंघ र अखिल नेपाल किसान संघले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएको हो।

 

नेकपा निकटका पाँच भ्रातृ संगठनले संयुक्त रुपमा नेकपा काभ्रेका सचिव टोक बहादुर वाइबा र अध्यक्ष रुकु चौलागाईंलाई केन्द्रीय पार्टी कार्यालय, धुमबाराहीमा पुर्‍याउने गरी ज्ञापनपत्र बुझाएको थियो। पार्टी विभाजन स्वीकार्य नभएको भन्दै विभाजनमा नलाग्न नेतृत्वलाई खबरदारी गर्न ज्ञापनपत्र बुझाइएको उनीहरुले बताए। पछिल्लो समय सिर्जित विवादले सम्पूर्ण पार्टी कार्यकर्ता, सदस्य, शुभचिन्तक तथा पार्टीका आम जीवन नै संकटपूर्ण अवस्थामा पुगेको उनीहरुको भनाइ छ।

जिल्लाको बनेपास्थित रहेको जिल्ला पार्टी कार्यालयमा एक सय भन्दा बढी संख्यामा पुगेका उनीहरुले साँझ ५ः३० बजे सचिव र अध्यक्षलाई ज्ञापन पत्र बुझाएका थिए। उनीहरुले ‘पार्टी एकता जिन्दावाद’, ‘फुटवादीहरु होसियार’, ‘पाटी, बैठक, मन बाझाबाझ गर, बाहिर तमासा बन्द गर’, ‘व्यक्ति होइन, नीतिप्रधान पार्टी निमार्ण गरौं’ लगायतका प्लेकार्डमा बोकेर मौन प्रदर्शनसमेत गरेका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार