काठमाडौं । कोरोना भाइरसको महामारीका कारण ब्राजिलमा ६५ हजारभन्दा बढीको मृत्यु भएको छ ।
वल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ६५६ जनाको मृत्यु भएको छ भने २१ हजार ४८६ जना संक्रमित थपिएका छन । योसँगै कोरोनाले मृत्यु हुनेको संख्या ६५ हजार ५५६ पुगेको छ भने संक्रमितको संख्या १६ लाख २६ हजार ७१ पुगेको छ।
अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा अहिलेसम्म ९ लाख ७८ हजार ६१५ जना संक्रमणमुक्त भएका छन् भने ५ लाख ८१ हजार ९०० जनाको उपचार भइरहेको छ ।






