वासिङटन । अमेरिकामा एकैदिन कोरोना संक्रमणका कारण ८६३ जनाभन्दा बढीको ज्यान गएको छ । संक्रमितको संख्या झन् बढ्न थालेको छ । अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख २३ हजार ४७३ पुगेको छ ।
त्यस्तै सोमबार ३६ हजार बढी संक्रमित फेला परेका छन् ।
हालसम्म अमेरिकामा संक्रमितको संख्या २४ लाख २४ हजारभन्दा बढी पुगेको छ ।
१० लाख २० हजारभन्दा बढी संक्रमित उपचारपछि घर फर्किएका छन् ।
झण्डै १७ हजारको अवस्था गम्भीर रहेको छ ।






