काठमाडौं । विश्वभर महामारिको रुपमा फलिरहेको कोरोना भाइरस(कोभिड्-१९)का कारण ब्राजिलको अवस्था भयावह बन्दै गएको छ ।
वल्डोमिटर्सको अनुसार पछिल्लो २४ घण्टामा ५५ हजार २०९ जनामा संक्रमण पुष्टि भएको छ भने १ हजार २२१ जनाको मृत्यु भएको छ ।
योसँगै ब्राजिलमा संक्रमितको संख्या १० लाख ३८ हजार ५६८ पुगेको छ भने मृत्यु हुनेको संख्या ४९ हजार ९० पुगेको छ ।
यो संख्या ब्राजिलमा एकै दिन संक्रमित हुनेको अहिलेसम्मकै सर्वाधिक हो ।






