प्रहरीसँगको मुठभेडमा ११ तालिबानका सदस्य मारिए

उज्यालो प्रतिनिधि २५ जेष्ठ २०७७, आईतवार विश्व

काबुल । अफगानिस्तानको दक्षिणी हेल्मान्ड प्रान्तमा प्रहरीसँगको मुठभेडमा कम्तीमा ११ जना तालिबानका सदस्यको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । उक्त भिडन्तमा अरु ६ जना तालिबानी घाइते भएका छन् ।

प्रहरीका अनुसार शुक्रबार राति हेल्मान्ड प्रान्तका नाद अलि, वाशिर र सान्गिन जिल्लाका प्रहरी जाँच चौकीमा तालिबानी समूहले आक्रमण गरेपछि प्रहरीले जवाफी कारबाही गरेको थियो । प्रहरीले उक्त भिडन्तमा सुरक्षा फौजतर्फ कुनै क्षति नभएको जनाएको छ । तालिबान समूहले भने उक्त घटनाका बारेमा केही बताएको छैन ।

यसैबीच, जाजी मैदान जिल्लाका बासिन्दाहरुले खोस्ट प्रान्तका सुरक्षा प्रमुख याकुबी जिल्लामा अज्ञात बन्दुकधारीको आक्रमणमा मारिएका बताएका छन् । तर खोस्टका स्थानीय अधिकारीहरुले उक्त घटनाका बारेमा बताउन अस्वीकार गरेका छन् । सुरक्षा स्रोतहरुले सुरक्षा प्रमुखका दुई जना अंगरक्षक घाइते भएको बताएका छन् । कुनै पनि समूहले उक्त आक्रमणको जिम्मेवारी लिएका छैनन् । –एएनआई

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार