काठमाडौं । विश्वभर महामारिको रुपमा फैलिरहेको कोरोना भाइरस(कोभिड-१९) का कारण ब्राजिलमा २९ हजारभन्दा बढीको मृत्यु भएको छ ।
वल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ ४८० जनाको मृत्यु भएको छ भने योसँगै मृत्यु हुनेको संख्या २९ हजार ३१४ पुगेको छ ।
एकै दिन १६ हजार ४०९ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ५ लाख १४ हजार ८४९ पुगेको छ ।
२ लाख ७८ हजार ९८० जनाको उपचार भइरहेको छ भने २ लाख ६ हजार ५५५ जना संक्रमण मुक्त भएका छन् ।






