कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या १२३ पुग्यो

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमित हुने व्यक्तिको सङ्ख्या १२३ पुगेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा शनिबार बेलुकासम्म स्वाब परीक्षण गरिएकामध्ये ३३ र आज बिहान १८ नयाँ थपिएसँगै ५१ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ । त्यस्तै, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा २५ सल्यान र एक जना सुर्खेतका व्यक्तिमा कोरोना रिपोर्ट पोजेटिभ आएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रलाय जनस्वास्थ्य शाखाका प्रमुख नवराज कँडेलले जानकारी दिए ।

यसअघि सुर्खेतका ३०, देलेख १४, बाजुराका एक र बोल्न नसक्ने एक महिलामा गरेर ४६ जनामा कोरोना रिपोर्ट पोजेटिभ देखिएको थियो । कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि अब यसको जोखिम न्यूनीकरण, रोकथाम र उपचार कसरी गर्ने भन्ने रणनीतिमा केन्द्रित रहेर कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयमा अहिले आकस्मिक बैठक बसिरहेको सामाजिक विकासमन्त्री दल रावलका स्वकीय सचिव नन्दबहादुर रोकायले जानकारी दिए । रासस

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार