एजेन्सी । विश्वभर फैलिरहेको कोरोना भाइरस(कोभीड -१९ ) का कारण अधिकांश देशहरु लकडाउनमा छन । यस्तै छिमेकी मुलुक भारतले थप एक महिना लकडाउन लम्ब्याउने निर्णय गरेको छ । भारत सरकारले शनिबार गरेको निर्णय अन्तर्गत जुन १ देखि जुन ३० सम्म लकडाउन लम्बिने भएको छ। भारतमा यो पाँचौ चरणको लकडाउन हो ।
पाँचौ चरणको लकडाउनसँगै चरणबद्ध रुपमा लकडाउन खुकुलो बनाउँदै लैजाने तयारी पनि भारतले गरेको छ । जसअनुसार जून ८ देखि लकडाउन खुकुलो बनाउने पहिलो चरण सुरु हुन्छ ।






