‘आजदेखि विश्व स्वास्थ्य संगठनसँगको हाम्रो सम्बन्ध अन्त्य गर्दैछौँ’ : ट्रम्प

उज्यालो प्रतिनिधि १७ जेष्ठ २०७७, शनिबार विश्व

वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) सँगको सम्बन्ध अन्त्य गर्ने बताएका छन्। बीबीसीमा प्रकाशित समाचारअनुसार चीनविरुद्धको रणनीतिबारे बोल्दै उनले यस्तो बताएका हुन्।

‘आजदेखि विश्व स्वास्थ्य संगठनसँगको हाम्रो सम्बन्ध अन्त्य गर्दैछौँ’, उनले भने, ‘उसलाई दिइने कोष अब अन्य विश्व जनस्वास्थ्यलाई दिइनेछ।’

यसअघि ट्रम्पले डब्लूएचओलाई दिइँदै आइएको सहयोग राेक्ने घोषणा गरेका थिए।

उनले कोरोनाबाट आफ्नो नागरिकको ज्यान जानुमा चीनलाई दोष दिए। ‘चिनियाँ सरकारको दुष्कर्मको परिणाम स्वरूप विश्वले अहिले दुःख भोग्नु परेको छ’, उनले थपे, ‘एक लाख अमेरिकीको ज्यान लिने विश्व महामारी निम्त्यायो।’

उनले चीनको दबाबका कारण डब्लूएचओले भाइरसविरुद्ध सही दिशा निर्देश गर्न नसकेको आरोप लगाए।

गत डिसेम्बरदेखि चीनको वुहानबाट कोरोना भाइरस (कोभिड–१९) फैलिएको थियो। भाइरसबाट हालसम्म अमेरिकामा १ लाख २ हजार ७९८ को मृत्यु भएको छ। यस्तै विश्वभर ५९ लाख २३ हजार ५५ संक्रमित हुँदा ३ लाख ६४ हजार ८३६ जनाको ज्यान गइसकेको छ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार