जुम्लामा भारतबाट आएका २९ जनालाई क्वारेन्टाइनमा राखियो

जुम्ला । भारतको रुपैडिहा नाकाबाट आएका २९ जनालाई क्वारेन्टाइनमा राखिएको छ । रुपैडिहा नाकाबाट उद्धार गरी ल्याएका २९ जना नागरिकलाई कर्णाली प्राविधिक शिक्षालय जुम्लाको जिल्लास्तरीय एकीकृत क्वारेन्टाइनमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले जानकारी दिए ।

शनिबार मध्यरात गाडीमा पुगेका उनीहरुलाई सुरक्षाकर्मीको निगरानीमा कर्णाली प्राविधिक शिक्षालयमा पु¥याइएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी देवकोटाका अनुसार भारतबाट सरकारको निगरानीमा आएकामध्ये हिमा गाउँपालिकाका २५, कनकासुन्दरीका एक, तिलाकाका एक, हुम्लाका एक र मुगुका एक गरी २९ जना नागरिकलाई क्वारेन्टाइनमा राखिएको हो । पहिले गाउँपालिकाभित्रका विभिन्न स्थानमा बनाएका क्वारेन्टाइनमा सुरक्षा अभावका कारण मानिस अटेर गरेर गाउँ पस्ने र क्वारेन्टाइनमा नबस्ने गरेपछि सुरक्षास्थिति मजबुद बनाएर जिल्लास्तरीय क्वारेन्टाइन बनाएको हो ।

पछिल्लो समय एक हजार २६३ जना नागरिकको पिसिआर जाँच नेगेटिभ आएको जनाएको छ । जिल्ला बाहिरबाट मानिस आउने भएपछि आकस्मिकरुपमा स्थानीय तह, राजनीतिक दल र सुरक्षा प्रमुखको शनिबार बैठक बसेर कर्णाली प्राविधिक शिक्षालयलाई जिल्लाकै एकीकृत क्वारेन्टाइन तयार गर्ने निर्णय गरिएको थियो ।

सरकारले जारी गरेको क्वारेन्टाइन निर्देशिका २०७६ अनुसार तयार गरिने भएको छ । निर्देशिका अनुसार सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा मेडिकल अधिकृत रहने गरी क्वारेन्टाइन परिचालन समिति गठन तथा परिचालन गरिएको छ । क्यारेन्टाइनमा निर्देशिका अनुसार व्यवस्थापन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी देवकोटाले थपे । उनले खाना, खाजा र व्यायामसहित सिकाउने योजना रहेको जानकारी दिए ।

यता भारतमा ४५ दिन अलपत्र परेर जिल्लामा आएका नागरिकले सरकारले उद्धार गरेर राहात गरेकामा खुशी व्यक्त गरेका छन् । हिमा गाउँपालिका–१ देवारगाउँ निवासी गगन शाहीले हामीलाई उद्धार गरेर आफूहरुलाई मातृ जिल्लामा ल्याएकामा सम्पूर्ण निकायलाई धन्यवाद ज्ञापन गरे । उनले सरकारको नियम पालना गरी एक महिना भए पनि क्वारेन्टाइनमा बस्ने बताए । क्वारेन्टाइनमा बस्न कसैका लागि नभई आफ्ना लागि भएको हिमा गाउँपालिका–३ ओदीका दिलबहादुर रोकायाले जानकारी दिए ।
रासस

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार