नगरपालिकाले निर्धारण गरेको मूल्यमा तरकारी बिक्री हुने

उज्यालो प्रतिनिधि २५ बैशाख २०७७, बिहीबार बागमती

सिन्धुली । कमलामाई नगरपालिकाले निर्धारण गरेको मूल्यमा तरकारी बिक्री हुने भएको छ ।

कमलामाई नगरपालिकाका तरकारी व्यापारीले स्थानीय उत्पादन र बाहिरी क्षेत्रबाट उत्पादन भएका तरकारी सस्तो मूल्यमा खरिद गरी महँगोमा बिक्री वितरण गर्ने गरेको भनी गुनासो आएपछि कमलामाई नगरपालिकाले आज जिल्लामा सञ्चालित तरकारी पसलहरुसँग छलफल गरी नगरपालिकाले निर्धारण गर्ने मूल्यमा तरकारी बिक्री सहमति भएको हो ।

नगरभित्र तरकारी बिक्री वितरण गर्ने व्यापारीसँग तरकारीको मूल्यमा एकरुपता ल्याउनका लागि छलफल गरिएको खड्गबहादुर खत्रीले जानकारी दिए। व्यापारीले तरकारीको खरिद मूल्यको दररेट चार दिनभित्र नगरपालिकालाई उपलब्ध गराउने र त्यसपछि नगरपालिकाले सरकारी दररेटसँग मूल्याङ्कन गरी स्थानीय दररेट निर्माण तोक्ने र सोहीअनुसार बिक्री वितरण गर्ने सहमति भएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार