नेवार जाति बाहेक अन्य जातजातिहरूलाई घरजग्गा बेचबिखन गर्न नपाउने !

उज्यालो प्रतिनिधि २३ बैशाख २०७७, मंगलवार बागमती

काभ्रे । पनौती नगरपालिका– वडा नं ७ मा नेवार जाति बाहेक अन्य जातजातिहरूलाई घरजग्गा किनबेच गर्न नपाउने भएका छन् ।
आज एक विज्ञप्ति जारी गर्दै नेवार जातीबाहेक अन्य जातीले घरजग्गा किनबेच गर्न सिफारिस लिन आएमा घर धनिहरूलाई वडा कार्यालयबाट सेवा प्रभाह नगरने समेत बताएको छ ।

उक्त वडाका वडाध्यक्ष रामचन्द्र नास्नानीले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यस पनौती नगरपालिका– ७ वडाको पुरानो बजार स्मारक क्षेत्रभित्र बसोबास गरिरहने नेवारी जातिको बाहुल्यता भएकोले धर्म संस्कृत र पुरातात्वीक सम्पदा जोगाउनका लागि पुरानो घर तथा जग्गा घर धनिहरुले नेवार जाति बाहेक अन्य जातजातिहरूलाई बेचबिखन गर्नका लागि घर बाटोको मुल्यांकण सिफारिस लिन आएको खण्डमा सिफारिस गर्नु भएन भनी यस वडाका भद्रभलादमीहरूले यस कार्यालयमा आई पटक–पटक गुनासो गरेको हुँदा यस वडा समितिको मिति २०७७–०१–२३ गतेका दिन बसेको बैठकबाट नेवार जातिहरू बाहेक अन्य जातिहरूलाई घर बेचबिखन गर्नका लागि सिफारिस लिन आएमा घर धनिहरूलाई यस कार्यालयबाट सेवा प्रवाह नगर्ने निर्णय भएकोले यस ७ नं वडाबासिहरूलाई यसै सूचनामार्फत जानकारी गराईन्छ ।’

 

यसैबीच, पनौती नगरपालिकाका मेयर भिम न्यौपानेले यस बिषयमा आफूलाई केही जानकार नभएको र नगरपालिकासँग कुनै समन्वय नगरेको बताएका छन ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार