कुबेतमा बालुवाको ढिस्कोले पुरिएर मृत्यु हुनेको नेपालीको संख्या ६ पुग्यो

उज्यालो प्रतिनिधि २ फाल्गुन २०७६, शुक्रबार समाचार

काठमाडौं । कुबेतमा बालुवाको ढिस्कोले पुरिएर मृत्यु हुनेको नेपालीको संख्या थप २ सहित ६ जना पुगेको छ । दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा पाल्पाका एकबहादुर गाहा, सिराहाका गंगाराम चौधरी, ताप्लेजुङका बसन्त गुरुङ र दाङका श्याम नारायण चौधरी रहेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार मृतक अन्य दुई जनाको भने विवरण स्पष्ट भएको छैन । यसैगरी धर्मेन्द्र कुमार शाह र मनोरथ मण्डल घाइते भएका छन् । शाहको कुवेतस्थित जाहारा अस्पतालमा उपचार भइरहेको र मण्डल उपचारपछि कम्पनीमा फर्किइसकेको कुवेतस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरु कुवेतस्थित युनिभर्सल लिडर्स ट्रेडिङ एण्ड जनरल कन्ट्र्या्क्टिङ कम्पनी (डब्लुएलएल) मार्फत् अल मुत्ला सिटी प्रोजेक्टमा कार्यरत थिए ।

प्रत्यक्षदर्शीहरूले बताएअनुसार, निर्माणस्थलको ब्लक ५ मा ढल निर्माण गरिरहेका बेला माटो र ढुंगा मिसिएको ढिस्को खसेको थियो । सार्वजनिक निर्माणमन्त्री डा. राना अल फारिसले घटनाको अनुसन्धानका लागि छानबिन समिति गठन गर्न आदेश दिएकी छन् ।

नेपाली मृत्यु भएको विषयमा जानकारी लिइरहेको कुवेतस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार