पातुखोलाका स्थानीयको एकताले गाउँमा लागुऔषधि दुव्र्यसनी न्यूनीकरण

उज्यालो प्रतिनिधि १७ असार २०८३, बुधबार समाचार
तुलसीपुर (दाङ), पातुखोलाका स्थानीयले यहाँका लागुऔषध दुव्र्यसनीलाई न्यूनीकरण गर्न सफल भएका छन् ।
त्यसो त ! दुव्यर्सनी न्यूनीकरण मात्र होइन, समाजमा अन्य विकृतिजन्य क्रियाकलाप गर्नेलाई पक्राउ गरी प्रहरीलाई बुझाउन थालेपछि दुव्र्यसनी तथा समाजमा गैरकानुनी काम गर्नेको सङ्ख्या न्यूनीकरण हुँदै गएको हो ।
यसअघि यहाँ हुने झै–झगडा, कुटपिटजस्ता गैरगतिविधिले पातुखोला अक्रान्त थियो । अहिले हरेक साँझ समुदायका नागरिक एकजुट भएर गस्ती गर्छन् । जसल गर्दा समाजमा अनधीकृत कार्य कम हँुदै गइरहेका छन् ।
तुलसीपुर उपमहानगरपालिका–५ मा पर्ने सोही ठाउँका १० वटा टोलका नागरिक मिलेर त्यस्ता गतिविधि न्यूनीकरण गर्न अभियान सञ्चालन गरेका स्थानीय वीरेन्द्र विकले बताए ।
उनले भने, “हामीले हरेक साँझ यो अभियान चलाइरहेका छौँ”, “जसले गलत प्रवृत्तिका मान्छे गाउँमा छिर्न सक्दैनन् ।”
गाउँ नजिकै बसपार्क  छ । जसले अनधिकृत गतिविधि बढेको थियो । ज्ञानज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक मेघराज घिमिरेले बताए। उनले गस्तीका कारण घरमा निदाउने  वातावरण तयार भएको बताए ।
गत वर्ष फागुन ७ गतेदेखि सुरु भएको यो अभियान निरन्तर सञ्चालन भइरहेको छ ।
यस्ता अभियान समुदायस्तरबाट सञ्चालन भएमा त्यसले समाजलाई सही मार्गमा लैजाने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बताए ।
“समाजलाई सही मार्गमा लैजाने जिम्मेवारी समुदायको पनि हो”, उनले भने, “त्यसका लागि समाज मिलेर यस्ता कार्य निरन्तर गर्न आवश्यक हुन्छ ।”
Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार