राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘युरोलोजी’ सेवा सञ्चालन

तुलसीपुर (दाङ), २ असारः राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी (मूत्ररोग) सेवा सोमबारदेखि सुरु भएपछि सेवा लिन आउने सेवाग्राही खुसी भएका छन् ।

प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख डा सुरेश रसाइलीले युरोलोजी सेवा स्थानीयस्तरमा नै प्रभावकारी बनेसँगै बिरामीहरू खुसी भएको बताए ।

यसअघि जिल्लामा युरोलोजी सेवा नहुँदा सामान्यदेखि विशेषज्ञ उपचारका लागि बिरामीलाई बाहिरका सहर जानुपर्ने बाध्यता थियो । तर, प्रतिष्ठानमा अत्याधुनिक उपकरणसहित यो सेवा विस्तार भएपछि उक्त समस्या समाधान भएको छ ।

प्रतिष्ठानका युरोलोजिस्ट सर्जन डा सुशील खनियाँको नेतृत्वमा चिकित्सक, नर्स, स्वास्थ्यकर्मीसहितको टोलीले सानादेखि ठूला शल्यक्रिया अहिले सञ्चालनमा ल्याएपछि सेवाग्राही सन्तुष्ट भएका हुन् । हाल ओपिडी सेवामार्फत दैनिक ७० भन्दा बढी बिरामीले परामर्श तथा उपचार सेवा लिइरहेका छन् ।

प्रतिष्ठानको तथ्याङ्कअनुसार वैशाख १ देखि ३१ गतेसम्म युरोलोजी विभागबाट ११३ जना बिरामीको सफल शल्यक्रियासमेत भएको छ । सोही अवधिमा युरोलोजीतर्फ ५०५ जना बिरामीले ओपिडी सेवा पाएको डा खनियाँले बताए । युरोलोजी सेवाअन्तर्गत भर्ना गरेर ६१ जना बिरामीको उपचार गरिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार