बाघको छाला सहित तीन पक्राउ

शिवु खनाल २२ असार २०८२, आईतवार उज्यालो फोकस

शिवु खनाल ,देउखुरी। वडा प्रहरी कार्यालय लमहीले बाघको छालाको सहित तीन जना पक्राउ गरेको छ । गढवा गाउँपालिका वडा नम्बर ६ खबरी गाउँ निवासी ४१ वर्षीय विक्रम बुढा मगरको घरबाट पाटे बाघको ९.२ फिट लम्बाई र ३.२ इन्च चौडाइ लामो छाला सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । गएराती वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख रोशन राज पाण्डेको नेतृत्वमा खटिएको टोलीले उनिहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा गढवा गाउँपालिका वडा नम्बर ६ खबरी गाउँ निवासी ४१ वर्षीय विक्रम बुढा मगर , राजपुर गाउँपालिका वडा नम्बर १ गुरुङ्खोला निवासी ५३ वर्षीय केशव राज सेन ठकुरी र बार बर्दिया नगरपालिका वडा नम्बर ४ बर्दिया निवासी ३३ वर्षीय अनिल थारुलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख रोशन राज पाण्डेले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार गएराती बार बर्दिया नगरपालिका वडा नम्बर ४ बर्दिया निवासी ३३ वर्षीय अनिल थारुले खरिद तथा समन्वय गर्न आएको बुझिएको छ । बरामद गरेको छाला र तीनलाई आवश्यक कारबाहीको लागी डिभिवन वन कार्यालय देउखुरीमा बुझाउँने तयारी भइरहेको छ ।
यता डिभिजन वन कार्यालय देउखुरीका सिनियर डिभिजनल वन अधिकृत महेन्द्र राज वाग्लेले पक्राउ परेकाहरुलाई कानुन बमोजिम कार्वाहीको लागि थप अनुसन्धानको प्रक्रिया अगाडी बढाइएको बताउनुभयो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार