शिवु खनाल,देउखुरी । लमहीका समाजसेवी पवन शर्मा रिजालले जन्मदिनको फजुल खर्च कटाएर सामाजिक कार्यमा खर्च गर्नुभएकाे छ । लमही नगरपालिका वडा नम्बर ५ लमही निवासी पवन शर्मा रिजालले आफ्नाे जन्मदिनकाे भोजमा गर्ने फजुल खर्च रकमबाट भाेकालाई भाेजन, प्यासलाई पानि जय महाकाल युवा समूह लमही लाई चामल, तेल, मिश्रित दाल लगायत अन्य खाद्यान्न सहयोग गर्नुभएको हाे ।
जय महाकाल युवा समूहले लमही बसपार्क कटर बाेटबाटै करिव एकवर्ष देखि निरन्तर निशुल्क भाेजन तथा जलपान सेवा प्रदान गर्दै आएकाे छ ।
पछिल्ले समयमा जन्मदिनमा फजुल खर्च गर्ने परम्परा बढ्दै गएको कारण त्यसलाई निरुत्साहित गर्नका लागि जन्मदिकाे भोजमा गर्ने खर्चले सामाजिक काममा पनि प्रयोग गर्न सकिन्छ भन्ने उद्देश्यले सहयोग गरेको पवन शर्मा रिजालले बताउनुभयो ।
जन्मदिन मनाएर फजुल खर्च गर्नुभन्दा बिचल्लीमा परेकालाई निशुल्क भाेजन तथा जलपान सेवा प्रदान गर्दै आएकाे जय महाकाल समूह लमहीलाई सहयोग गर्नु राम्रो ठानेर उहाँहरुको सेवा स्थानमा पुगेर खाद्यान्न सहयोग गरेको हुँ, रिजालले भन्नुभयो । पवन शर्मा रिजाल नेकपा एमाले लमही नगर कमिटी सचिव एवम् अजम्मरी सामुदायिक वन उपभोक्ता समहु लमहीकाे अध्यक्ष हुनुहुन्छ ।।






