समृद्ध दाङका लागि ‘नागरिक आवाज’ ,नीति निर्माणमा सहभागिता र संवादको नयाँ अभ्यास

शिवु खनाल ९ जेष्ठ २०८२, बिहीबार मुख्य नेटवर्क

शिवु खनाल,देउखुरी । शासन जनताको लागि हो, तर जनताको सहभागिता बिना समृद्धि सम्भव छैन भन्ने मूल भावका साथ दाङको घोराहीमा दाङको समृद्धिमा, नागरिक आवाज कार्यक्रम सम्पन्न भएको छ । हाम्रो दाङ, हाम्रो जिम्मेवारी अभियान अन्तर्गत आयोजित उक्त कार्यक्रम सोमबार घोराहीस्थित होटल माला इनमा आयोजित गरिएको थियो । हाम्रो दाङ, हाम्रो जिम्मेवारी अभियानका संयोजक प्रदीप मजगैयाँको अध्यक्षता एवम् नागरिक समाजका अगुवा तथा बरिष्ठ पत्रकार नारायण प्रसाद शर्माको प्रमुख अतिथिमा कार्यक्रममा सक्रिय नागरिक समाज, स्थानीय संघसंस्था, अधिकारकर्मी, पत्रकार, महिला, युवा, व्यवसायी, दलित, अपांगता भएका व्यक्ति लगायत विविध समुदायका करिब एकसय जनाको सक्रिय उपस्थिति रहेको थियो । कार्यक्रम संयोजक प्रदीप मजगैयाँले विषय प्रवेश गराउँदै समृद्ध दाङ हाम्रो साझा सपना हो। त्यो सपना जनताको सुझाव, सहभागिता र सहकार्यबाट मात्र सम्भव रहेको बताए । उनले स्थानीय तहमा पारदर्शिता, जवाफदेहीता, समावेशिता र सहभागितामूलक विकासका लागि निरन्तर संवाद आवश्यक रहेको बताए । कार्यक्रममा नागरिक सुझावलाई नीति, योजना र बजेट निर्माण प्रक्रियामा समावेश गर्न निरन्तर प्रयास गर्ने प्रतिवद्धता जनाएका थिए ।

संयोजक मजगैयाँका अनुसार कार्यक्रमले दाङमा समावेशी, उत्तरदायित्वपूर्ण र सहभागी लोकतन्त्र अभ्यासतर्फ एक सशक्त संकेत दिएको बताए । उनले भने, ‘नागरिक आवाज कुनै विरोध होइन,यो उत्तरदायित्वपूर्ण सहभागिता र सहकार्यको आह्वान हो ।’ ‘लोकतन्त्रको मेरुदण्ड भनेकै नागरिक सहभागिता हो । जब जनताको आवाज नीतिमा सुन्छ, तब मात्र शासन प्रणाली जनउत्तरदायी, पारदर्शी र समावेशी बन्न पुग्छ ।’ कार्यक्रममा नागरिक समाजका अगुवा तथा बरिष्ठ पत्रकार नारायण प्रसाद शर्माले शासन प्रणाली पारदर्शी, जवाफदेही र समावेशी भए मात्र जनतामा विश्वास बढ्छ। नागरिकको आवाजलाई सुन्ने र सम्मान गर्ने संस्कृतिबिना समृद्धि र स्थायित्व सम्भव नरहेको बताए । उनले नागरिक सुझावहरूलाई नीति र कार्यक्रममा प्रतिबिम्बित गर्न स्थानीय सरकारहरूलाई आग्रह समेत गर्नुभएको थियो । कार्यक्रममा अधिकारकर्मी तथा सञ्चारकर्मी लक्ष्मी आचार्यले टिप्पणी प्रस्तुत गर्दै राजनीतिक घोषणा र नीति निर्माण जनउत्तरदायी हुनका लागि नागरिक आवाज निर्णायक हुने बताए । यस्ता संवादमूलक कार्यक्रमहरूले शासन र जनताबीचको दूरी घटाउँछ, विश्वास र उत्तरदायित्वको वातावरण सिर्जना गर्छ उनले भने ।

कार्यक्रममा सहभागी ४० भन्दा बढी व्यक्तिले सुझाव प्रस्तुत गरेका थिए । कार्यक्रममा उठेका विभिन्न सुझावहरूमा स्थानीय शासन प्रणालीमा पारदर्शिता अभिवृद्धि, नीति निर्माणमा नागरिकको प्रत्यक्ष सहभागिता, सेवामा पहुँच वृद्धि, स्थानीय कर घाटाउने, अपांगता मैत्री संरचना, र महिला तथा दलितको प्रतिनिधित्वलाई सुनिश्चित गर्नुपर्ने मागहरू प्रमुख विषयमा केन्द्रीत रहेका थिए । कार्यक्रममा नागरिक समाज दाङका पूर्व संयोजक चन्द्रराज पन्त, टिकाराम रेग्मी, सदस्यहरू हरि पाण्डे, नेपाल पत्रकार महासंघ दाङका सचिव सबिन प्रियासन, इन्जिनियर अनन्त घिमिरे, उद्योग वाणिज्य संघ दाङका अध्यक्ष बसन्त जोशी,डा. किशोर खत्री, इन्जिनियर सागर बस्नेत, सुरेश पौडेल, नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङका अध्यक्ष लव अधिकारी, प्राध्यापक किशोरचन्द्र गौतम, मानव अधिकारकर्मी विनोद केसी, योगेश्वर बस्नेत, केशव भूसाल , जीबी चिंतन, भोला योगी, प्रदीप अर्याल, सरस्वती सुवेदी, जुनु चौधरी, पद्मा चौधरी, कमल गौले, नारायण भुसाल, सुषिला पौडेल, रचना सुवेदी, दीपक पुन, विष्णु थापा, लेकनाथ बुढाथोकी, लोकराज पराजुली, लगायतले आ–आफ्नो धारणा प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन अधिकारकर्मी अनिता पोखरेलले गरेका थिए।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार