जिसीलाई सेनाको हेलिकप्टरबाट उपचारको लागि काठमाडौं लगियो

शिवु खनाल २४ श्रावण २०८१, बिहीबार मुख्य नेटवर्क

देउखुरी । प्यूठानको इलाका प्रहरी कार्यालय विजवारमा कार्यरत प्रहरी सहायक निरिक्षक सिवा कुमारी जिसीलाई उपचारका लागि काठमाडौं लगिएको छ । उहाँ ब्रेनमा प्रेसरले हानेपछि उपचारको लागि लुम्बिनी अस्पतामा भर्ना हुनु भएको थियो ।

गत २१ गते आँखामा समस्या आएपछि उपचाको लागि भैरहवा आँखा अस्पताल परिसरमै ब्रेनमा समस्या आएपछि एक्कासी बेहोस हुनु भएको जिसीका ज्वाई सुनिल केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्वास्थ्य बिग्रिएपछि प्रहरी सहायक निरिक्षक (फुपु) जिसीलाई उपचारका लागि भैरहवा विमानस्थलबाट नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं लगिएको हो ।

उहाँलाई रुपन्देहीको लुम्बिनी अस्पतालका चिकित्सकले उपचारका लागि काठमाण्डौँको न्यूरो अस्पतालमा लैजान रेफर गरेका थिए । चिकित्सकको सिफारिस अनुसार अहिले जिसीलाई हेलिकोप्टरबाट काठमाडौं लगिएको हो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार