हुम्लामा दादुरा–रुवेलाविरुद्धको खोप अभियान

सिमकोट (हुम्ला)    ।  हुम्लामा नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई यही फागुन २५ गतेदेखि दादुरा–रुवेलाविरुद्धको खोप अभियान सुरु गरिने भएको छ ।
पाँच वर्षमुनिका बालबालिकालाई अनिवार्यरुपमा दादुरा–रुवेलाविरुद्ध खोप लगाइने भएकाले सम्बन्धित स्वास्थ्य संस्थामा खोपकार्ड लिएर जान स्वास्थ्य सेवा कार्यालय हुम्लाले आग्रह गरेको छ ।
खोप समन्वय समिति, सञ्चारकर्मी र सरोकारवाला निकायसँग बसेको बैठकले यही फागुन २५ गतेदेखि चैत ७ गते अभियान सञ्चालन गरिने कार्यालयका प्रमुख प्रेम सिंहले जानकारी दिए । जिल्लामा सात स्थानीय तहले तोकिएकै मितिमा खोप अभियान सञ्चालन गर्न सम्बन्धित गाउँपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मीलगायतसँग समन्वय गरिएको उनले बताए ।
दादुरा–रुवेला लागेको एक व्यक्तिले १८ जनासम्मलाई रोग सार्न सक्ने भएकाले यसबाट सुरक्षित रहन सम्पूर्ण बालबालिकालाई अनिवार्य रुपमा खोप लगाउनु अति आवश्यक प्रमुख सिंहको भनाइ छ ।
अभियान सञ्चालनका लागि एक सय सात खोप केन्द्र स्थापना गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख सिंहले जानकारी दिए। उनका अनुसार नाम्खा १५, सिमकोट २०, खार्पुनाथ १४, सर्केगाड २३, चङ्खेली १२, अदानचुली १२ र ताँजाकोट गाउँपालिकामा ११ खोप केन्द्र तोकिएको छ ।
राष्ट्रिय खोप कार्यक्रमको सफलताले नेपालको शिशु तथा बाल मृत्युदर घटाउनमा उल्लेखनीय रुपमा योगदान पु¥याएको भन्दै सबैलाई खोप अभियानमा समन्वय गर्न प्रमुख सिंहले आग्रह गरे।
Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार