आत्मसम्मानको प्रश्नले जन्माएको गीत ‘तामाङ दाइ’

अनिस तामाङ २० पुष २०८०, शुक्रबार कला मनाेरञ्जन

काठमाडौं । ‘टाढा भए पनि मेरो माया गाढा छ नि’ बोलको गीतबाट नेपाली सांगीतिक बजारमा शिखर चुम्न सफल गायक तथा संगीतकार उर्गेन दोङको ‘ तामाङ दाइ’ बोलको गीत रिलिजको तयारी छ ।

विशेषगरी आत्मसम्मानलाई केन्द्रबिन्दु बनाएर आउन लागेको उक्त गीतको शब्द संगीत गायक उर्गेन दोङ स्वयंको रहेको छ भने भिडियो निर्देश मोडल तथा निर्देशक विजय दोङको रहेको छ ।

“नेपालीमा एउटा भनाई नै छ ‘अतिले खती हुन्छ, खतीले क्षति हुन्छ ‘ । एकजना सोझो युवक जसले भौतिक सम्पत्ति सबै लुटिदा नि साहेर बसिरहेको हुन्छ तर जब उनको आत्मसम्मानमा ठेस पुग्ने गरि शिरमा लगाएको तामाङ टोपी समेत फालिदिन्छ अनि उ भित्रको क्रान्तिकारीपन बाहिर निस्किन्छ र कम्मरमा भिरेको खुकुरी निकालेर दुश्मनलाई छप्काउन बाध्य हुन्छ । यो गीतको कथाको सार यस्तो हुनेछ” गायक दोङले बताए ।

उनले थप भने ‘ म तामाङ समुदायमा जन्मेको भए पनि मैले तामाङ भाषाको गीतहरु गाउने अवसर झुरेको थिएन । तामाङ समुदाय मात्रै नभएर समग्र सबै समुदायको व्यथा बोकेको एउटा कुनै सिर्जना गर्ने इच्छा पहिलैदेखि थियो, यस पटक यो गीत सार्वजनिक भएपछि मैले तामाङ गीत गाएन भन्ने गुनासो सकिन्छ जस्तो लाग्छ ।’

उर्गेनको अधिकांश गीतहरु भित्र केही भाग लिरिक्स तामाङ भाषामा राख्ने गरेको छ जसको कारण उनको संगीतमा छुट्टै स्वाद पाउने गरेको दर्शकहरू बताउँछन् । विशेषगरी सुदूरपश्चिम, कर्णाली, मदेश तिर कार्यक्रममा जाँदा अरु समुदायका मानिसहरूले आफ्नो गीत भित्रको तामाङ लिरिक्स गाउदा छुट्टै मज्जा आउने गरेको गायक दोङले उज्यालो नेटवर्कको संवादमा बताए ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार