प्रधानमन्त्रीद्वारा नवौँ राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक

उज्यालो प्रतिनिधि ३१ भाद्र २०७९, शुक्रबार खेल

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नवौँ राष्ट्रिय बृहत् खेलकुद प्रतियोगिताका लागि तयार गरिएको ट्रफी सार्वजनिकीकरण गरेका छन । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित समारोहमा उनले प्रतियोगिताका लागि तयार गरिएको ‘नेशनल गेम ट्रफी’ सार्वजनिक गरेका हुन ।

सो अवसरमा प्रधानमन्त्री देउवाले मुलुकमा खेलकुद विश्वविद्यालय स्थापना गर्नेतर्फ सरकारले काम गर्ने बताए । उनले भन३, “आर्थिक अवस्था राम्रो छैन, तर पनि सुरुआत गर्नेछौँ, यसबाट खेलप्रेमी अझै आकर्षित हुने विश्वास लिएको छु, युवामा खेलकुदप्रति राम्रो लगाव छ ।”

नेपाली खेलकुदमा अघि भए पनि राष्ट्रियरुपमा भने ख्याति प्राप्त गर्न बाँकी नै रहेको उल्लेख गर्दै उनले नेपाल खेलकुद प्रेमी देश भएकोसमेत बताए । युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले नवौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पहिलो पटक धेरै पदक विजेता टोलीलाई ट्रफीको व्यवस्था गरिएको जानकारी दिनुभयो । उक्त ट्रफी चाँदी र सुन जडित करिब रु १० लाखको लागतमा तयार गरिएको हो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी र नयाँ व्यवस्था हुन लागेको ट्रफीसम्बन्धी विवरण प्रस्तुत गर्नुभएको थिए ।

उक्त ट्रफी सातै प्रदेशका मुकाम र विभागीय टोलीका मुख्यालयमा पु¥याएर प्रतियोगितास्थल पोखरामा लगिने उनले जानकारी दिए । सो प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) बीच प्रतिस्पर्धा हुनेछ ।

 

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार