पर्वतमा दुई जनामा डेङगुको सङ्क्रमण पुष्टि

पर्वत ।  यहाँ दुई जनामा डेङ्गु रोगको सङ्क्रमण फेला परेको छ । उपचारका लागि जिल्ला अस्पताल आएका दुई जनामा डेङ्गुको सङ्क्रमण रहेको पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी लक्ष्मण उपाध्यायका अनुसार स्वास्थ्यमा समस्या आएपछि परीक्षणका लागि आएकामध्ये दुई जनामा डेङ्गुको सङ्क्रमण रहेको बुधबार पुष्टि भएको हो ।

उनीहरू दुवै जना कुश्मा नगरपालिकाका बिरामी रहेको अस्पतालले जनाएको छ । घरमा बसिरहेको अवस्थामा लगातार ५/७ दिनसम्म ज्वरो आएपछि उपचारका लागि आएका उनीहरूमा सङ्क्रमणको शङ्कामा प्रयोगशालामा गरिएको परीक्षणबाट डेङ्गु रहेको पुष्टि भएको हो । दुवै जनाको उपचार भइरहेको जनस्वास्थ्य निरीक्षक उपाध्यायले बताए ।

स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख सन्तोष पौडेलले अस्पतालको ल्याबमा गरिएको परीक्षणबाट दुई जनामा सङ्क्रमण पुष्टि भएको जनाउँदै गतवर्ष कसैमा पनि पुष्टि नभएको तर त्यसअघि भने सङ्क्रमण देखिएको बताए। सङ्क्रमण देखिनुको अर्थ सबै जना सचेत हुनुपर्ने सूचना मिलेको जनाउँदै उनले लामखुट्टेको टोकाइबाट बच्नका लागि सुझाव दिए ।

बागलुङको तुलनामा पर्वतमा डर मान्नुपर्ने अवस्था नरहेको र यो अवस्था सामान्य जोखिमको रहेको पौडेलको भनाइ छ । बागलुङको मौसमी अवस्था, सहरीकरण र जनसङ्ख्या पर्वतभन्दा जोखिमयुक्त रहेको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार