नेपालमा थप १६ जनामा कोरोना पुष्टि

काठमाडौं ।  नेपालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार १८४ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

९ सय ५७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ८ जना र १ हजार २२७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितहरुको कुल संख्या ११ लाख १९ हजार ४४७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ९ जना संक्रमितहरु कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेहरुको संख्या ९ लाख ६७ हजार १२८ पुगेको छ । हाल नेपालमा १ सय १० जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार