अष्ट्रेलियाको एक चुनावी सभामा ‘किम जोङ उन’ देखिएपछि कार्यक्रम नै अवरुद्ध

उज्यालो प्रतिनिधि ६ जेष्ठ २०७९, शुक्रबार रोचक बिचित्र

काठमाडौँ ।  शुक्रबार अष्ट्रेलियाको एक चुनावी सभा तब अवरुद्ध भयो जब त्यहाँ उत्तर कोरियाली नेता किम जोङ उनजस्तै देखिने व्यक्ति मञ्चमा चढे। देशका प्रधानमन्त्री स्कट मोरिसनसमेत सहभागी कार्यक्रममा सभासद् ग्ल्याडिस लिउको प्रचारको लागि आयोजित गरिएको थियो।

 

वास्तविक नाम ली होवार्ड हो वुन भएको उनी होवार्ड एक्सको नामले चिनिन्छन्। कार्यक्रममा आएर मिडियासँग बोल्दै होवार्ड एक्सले भने ,‘धेरै धेरै धन्यवाद । ग्ल्याडिस लिउ अष्ट्रेलियाकी कम्युनिष्ट उमेद्वार हुन् ।’ हवार्ड बोलिरहँदा उनलाई मोरिसनका सहयोगीले रोकेका थिए।

‘कृपया तपाई यहाँबाट गइदिनुस् । चुनावी अभियानमा यो भन्दा घृणित हकर्त मैले अहिलेसम्म मैल देखेको छैन,’ प्रधानमन्त्रीका सहयोगी निक क्रेभीले भने । ​क्रेभीको भनाईको जवाफ दिदैं उनका नक्कल गर्ने व्यक्तिले भने ,‘ सुप्रिल लिडरलाई आदेश दिने तपाई को हो रु म ग्ल्याडिस लिउको उमेद्वारीलाई समर्थन गर्छु ।’

त्यति भनेर किम जोङ उनको नकल गरिरहेका होवार्ड एक्स कार्यक्रमस्थलबाट निस्किएका थिए। चुनावी सभामा भएको विरोधको यो अनौठो शैली युनिर्भसिटी अफ क्विन्सल्याण्डका विद्यार्थी तथा राजनीतिक अभियन्ता एन्ड्रयू पाभलोभको योजनामा भएको थियो । समाजिक संजालमा उनले हावार्ड एक्स आफ्नो असल मित्र भएको बताएका छन् ।

चिनियाँ कम्युनिष्ट विरोधी अभियन्ता पाभलोभले लिउले चीनको समर्थन गर्ने भएकाले उनको विरोध गरेको बताएका छन्। हङकङमा जन्मिएकी लिउ विगत ३० वर्षदेखि अष्ट्रेलियामा बसिरहेकी छन्। उनको उमेद्वारीले चिनियाँ मुलका अष्ट्रेलियालीलाई तान्ने आसा गरेको छ। कार्यक्रममा बोल्ने क्रममा प्रधानमन्त्री मोरिसनले चिनियाँ मूलका अस्ट्रेलियालीहरू देशभक्त हुने भन्दै तिनको प्रशंसा गरेका थिए।

होवार्ड एक्स किम जोङ उनको नक्कल गरेर समय समयमा चर्चामा आइरहन्छन्। सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिंगापुरमा भेटवार्ता हुनुअघि होवार्ड पनि सिंगापुर पुगेका थिए। प्रहरीले उनलाई वार्ता नसकुन्जेल समाएर राखेको थियो ।

अस्ट्रेलियामा आगामी मे २१ निर्वाचन हुँदैछ। मतसवेक्षणहरुले मध्य–वामपन्थी लेबर पार्टीले मोरिसन नेतृत्वको कन्जरभेटिलाई उछिन्ने देखाएको छ।

एसोसिएटेड प्रेसबाट

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार