‘कामै नलाग्ने’ जुत्ताको मूल्य २ लाख ३० हजार

उज्यालो प्रतिनिधि ३ जेष्ठ २०७९, मंगलवार रोचक बिचित्र

काठमाडौँ ।  डिजाइनर ब्रान्ड बालेन्सियागाले भर्खरै जुत्ताका यस्ता सिमित संस्करण सार्वजनिक गरेको छ जुन यत्ति फोहोर र काम नलाग्ने छन् कि यसलाई कोही पनि व्यक्तिले सार्वजनिक स्थानमा लगाएको सायदै देख्न सकिएला ।

फेसनमा ‘डिस्ट्रेस्ड क्लोदिङ’ भन्ने अवधारणा हुन्छन्, ती कहिलेकाँही राम्रा पनि देखिन्छन् तर कहिलेकाँही डिजाइनरले अलि धेरै नै दिमाग लगाउँछन् र अचम्मका उत्पादन बजारमा पस्कन्छन् । बालेन्सियागाले आटै गरेर आफ्ना नयाँ उत्पादन बजारमा ल्याएका छन् । बालेन्सियागाले यसअघि कारको म्याटजस्तो देखिने स्कर्ट पनि डिजाइन गरेको थियो । यस्तै कामै नलाग्ने स्वेटर पनि डिजाइन गरेर १,४५० डलर मूल्य तोकेको थियो । यदि कसैले त्यो स्वेटर किनेको भए, ती व्यक्तिले अब यस्ता जुत्ता लगाएर फेसनमा छुट्टै छाप छोड्न सक्छन् ।

अडिटी सेन्ट्रलका अनुसार बालेन्सियागाको पेरिस हाई टप स्निकर एक जोडीको ६२५ डलर पर्छ तर यदि तपाईं अति नै बिग्रिएको जुत्ता चाहनुहुन्छ भने त्यसको लगभग तेब्बर बढी मूल्य पर्छ ।यो यत्ति महँगो किन छ भनेर वर्णन गर्न मुश्किल छ किनभने ती जुत्ता हेर्दा यस्तो लाग्छ कि कसैले अति नै पुरानो कन्भर्स स्निकर लिएका छन्, त्यसपछि त्यसलाई अर्को एक वर्ष लगाएका छन् र त्यसपछि आफैंले बालेन्सियागा नाम जुत्तामाथि लेखिदिएका छन् ।

फेसन हाउसले विज्ञापनका लागि राखेका केही तस्बिरले सोसल मिडियामा विवाद पनि निम्त्याएका छन् । कतिले बालेन्सियागाले आफ्ना फ्यानलाई यतिबेला जिस्काइरहेका छन् कि भनेर सोचिरहेका छन् भने कतिले भने ‘कामै नलाग्ने’ जुत्तालाई कसैले १,८५० डलर ९२ लाख ३० हजार रुपैयाँ० किन तिर्छन् भनेर प्रश्न पनि गरिरहेका छन् ।

‘यदि तपाईंले १,८५० डलरको बालेन्सियागा स्निकर किन्नुभएको छ भने कृपया मद्दतका माग्नुहोस् । साथै कृपया मलाई पनि सम्पर्क गर्नुहोस् किनभने म त्यो क्षणमा तपाईंको दिमाग कहाँ थियो भनेर बुझ्न चाहन्छु,’ लेखक ब्रेन्डन डुनले ट्वीट गरे । कम्पनीले यी सिमित जुत्ता सय जोडी मात्रै उपलब्ध भएको जानकारी दिएको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार