२४ घण्टामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ३ हजार ३३३ जनाको पीसीआर परीक्षण गर्दा ८ जना र ९२२ जनाको एन्टीजेन परीक्षण गर्दा १ जना गरी ९ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको मृत्‍यु नभएको मन्त्रालयले जनाएको छ । सो अवधिमा १८ जना निको भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर २११ जना सक्रिय संक्रमित रहेका छन् । हाल २०९ जना होम आइसोलेसनमा रहेका छन् भने २ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

सोमबार थप कोरोना संक्रमतिको संख्यासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार २९ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपालमा कोरोनाबाट मृत्‍यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ । यस्तै, ९ लाख ६६ हजार ६७४ जना संक्रमणमुक्त भएका छन् ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार