‘मेरो घर किन्नुहोस् र मेरा पूर्व पतीलाई पनि राख्नुहोस्’

उज्यालो प्रतिनिधि १६ बैशाख २०७९, शुक्रबार रोचक बिचित्र

काठमाडौँ ।  एक महिलाले आफ्नो घर बेच्ने निर्णय गरेकी छिन् । उनले घर किन्नेहरुलाई डिस्काउन्टको समेत अफर दिएकी छिन् । तर अफर भने रोचक छ । घर किन्नेले उनका पूर्व पतीलाई पनि राख्ने अनुमति दिएको खण्डमा घर सुपथ मुल्यमा पाइने र उनका पूर्व श्रीमानले घरको काममा पनि सहयोग गर्ने बताएकी छिन् ।

तीन बेडरुम, दुईवटा बाथरुम, एउटा पूल र हट टब भएको उक्त घर बेच्ने घोषणा ती महिलाले फेसबुकमार्फत् गरेकी हुन् ।

फेसबुकमा जुन पोस्ट यो घरका लागि जारी गरिएको छ, त्यस अनुसार घरको मूल्य ५ करोड ३४ लाखभन्दा बढी छ । तर उनको घरमा पूर्व पतिलाई बस्न दिइन्छ भने यो मूल्य कम हुनसक्ने पनि महिलाले बताएकी छिन् ।

न्यूयोर्क पोस्टको खबर अनुसार महिलाले उनका पूर्व पती घरको मालिक नहुने पनि स्पष्ट पारेकी छिन् ।

 

फ्लोरिडामा छ घर :

यी महिलाको नाम क्रिस्टल बल हो । उनी ४३ वर्षकी भइन् । उनले फेसबुक पोस्टमा घरबारे सबै विवरण दिइएको छ । यो घर फ्लोरिडाको पनामा सिटी बीच नजिकै छ ।

महिलाले किन गरिन् यस्तो ?

महिलाले आफूलाई मार्केटिङको नयाँ तरिका निकै मनपर्ने बताइन् । उनले भनिन्, ‘मलाई लाग्छ सम्बन्धविच्छेदको घोषणा गर्नका लागि यो सबैभन्दा उत्कृष्ट तरिका हो । ’

उनले आफूहरुबीचको सात वर्ष पुरोना सम्बन्ध समाप्त भएको बताएकी छिन् । यद्यपि, यी दुईले साझेदारीसहित बच्चालाई पालैपालो हुर्काउन जारी राख्नेछन् । उनीहरु थुप्रै व्यावसायमा पनि साझा पार्टनर हुने बताइएको छ ।

के हो पूरा मामिला ?

यी महिला अमेरिकाको अलबामाको बर्मिङ्घममा बस्छिन् । उनले सन् २०१९ मा रियल इस्टेटको लाइसेन्स पाएकी थिइन् । त्यसपछि उनी आफ्नो बिचमा भएको तीनमध्ये दुई वटा सम्पत्ति बेच्ने तयारीमा छिन् ।

रोचक छ पोस्ट, पाइनेछ थुप्रै सुविधा :

महिलाले आफ्नो पोस्टमा आफ्ना पूर्व श्रीमान् रिचर्ड चैलयूका थुप्रै फोटो पनि फेसबुकमा सेयर गरेकी छिन् । घर बेच्नका लागि जुन कुरा उल्लेख गरिएको छ, त्यस अनुसार रिचर्ड खाना त बनाउनेछन् नै, सफाई, रिपेयरिङको काममा पनि मद्दत गर्नेछन् ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार