३० वर्षदेखि शौचालयमा समोसा र खाना बनाएर रेष्टुरेन्ट चलाउने मालिक

उज्यालो प्रतिनिधि १४ बैशाख २०७९, बुधबार रोचक बिचित्र

काठमाडौँ ।  शौचालयमा समोसा र अन्य खाजा बनाएको आरोपमा एक रेष्टुरेन्ट बन्द गरिएको छ । अचम्मको कुरा के हो भने रेष्टुरेन्टमा पछिल्लो ३० वर्षदेखि यस्तो काम हुँदै आएको थियो । स्थानीय अधिकारीले सूचना पाएपछि आवासीय भवनमा स्थित यो रेष्टुरेन्टमा छापा मार्यो र गल्ती भेटिएपछि एक्सन लिँदै यो रेष्टुरेन्ट बन्द गरिएको छ । यो घटना साउदी अरबको जेद्दा शहरको हो ।

गल्फ न्युजले स्थानीय मिडियालाई उद्धृत गर्दै साउदी अबरका अधिकारीले हालै जेद्दा शहरमा स्थित एक रेष्टुरेन्ट बन्द गरेको जानकारी दिएका छन् । अनुसन्धानको क्रममा अधिकारीलाई उक्त रेष्टुरेन्टमा करिब ३० वर्षदेखि शौचालयमा समोसा र अन्य खाजा बनाइँदै गरेको थाहा भयो । त्यहाँ काम गरिरहेका श्रमिकसँग कुनै हेल्थ कार्ड पनि थिएन र उनीहरुले रेजिडेन्सी कानुनको पाि उल्लंघन गरिरहेका थिए ।

रेष्टुरेन्टमा किरा र मुसा पनि भेटियो :

रिपोर्टका अनुसार रेष्टुरेन्टले शौचालयमा खाजा र खानाको पनि तयारी गर्दथ्यो । यसका साथै, जेद्दा नगरपालिकाका अधिकारीले अनुसन्धानको क्रममा मासु र पनिरजस्ता खाद्य पदार्थमध्ये केही दुई वर्ष अघि नै एक्सपायर भइसकेको पनि पत्ता लगाए । यतिमात्रै होइन, अधिकारीले त्यहाँ किरा र मुसा पनि पाए ।

नगरपालिकाका अनुसार उसले थुप्रै अवैध रेष्टुरेन्ट सील गरेको छ र एक टनभन्दा बढी खाद्य सामग्री जफत गरेर नष्ट गरेको छ । यसै वर्ष जनवरीमा जेद्दामा एक चर्चित सवर्म रेष्टुरेन्ट पनि बन्द गरिएको थियो ।

सवर्म रेष्टुरेन्टका थुप्रै तस्बिर सोसल मिडियामा मानिसहरुले सेयर गरेका थिए, त्यसमा प्रशासनले कारवाही गर्दै रेष्टुरेन्ट सील गरिएको थियो । साउदीमा समय–समयमा रष्टुरेन्ट–होटलमा यस्ता खालको अनुसन्धान चलिरहन्छन् ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार