बेल्जियममा बिना कागजात बसिरहेका अल्जेरियन नागरिकले जब लाखौं डलरको चिठ्ठा जिते

उज्यालो प्रतिनिधि ६ बैशाख २०७९, मंगलवार रोचक बिचित्र

काठमाडौँ ।  बेल्जियममा बिना कागजात बसिरहेका एक जना अल्जेरियन नागरिकले आफूले जितेको अढाई लाख युरो (२,७०,००० अमेरिकी डलर)को पुरस्कार हात पार्न कानुनी संघर्ष गर्नुपरेको छ।​ चिठ्ठा कार्यक्रम संचालकले विजेताले उनको पहिचान खुलाउने कागजात ल्याए मात्र पैसा दिनसक्ने भनेर पन्छिरहेका छन्।

 

नाम नखुल्याइएका विजयी अल्जेरियन नागरिक आफ्नै पहिचान पुष्टि गर्ने कानुनी लडाई लडिरहेका छन्। ‘मेरा क्लाईन्ट गैरकानुनी हैसियतमा बेज्जियम बसिरहेका व्यक्ति हुन् । उनीसँग न त कुनै कागजात छ न कुनै बैंक एकाउन्ट नै । हामीहरु अहिले उनको पहिचान प्रमाणित गर्ने प्रयास गरिरहेका छौं।’ २८ वर्षे अल्जेरियन नागरिकका वकिल एलेक्ज्याण्डर भर्सट्रेएटले भने ।

भर्सट्रेएटका अनुसार उनका क्लाईन्टले किनेको स्क्य्राचकार्ड हाल ब्रुग्स सहरको अदालतको कब्जामा छ। विजेताको स्क्य्राचकार्ड बोकेर उनका तीन साथी पुरस्कार रकम लिन गएपछि उनीहरु पक्राउ परेका थिए भने स्क्य्राचकार्ड कब्जामा लिइएको थियो ।

पक्राउ परेका तीन जनालाई प्रहरीले चोरीको आरोपमा एक रात हिरासतमा राख्यो। अर्को दिन असली विजेता वकिलसहित कारागार पुगेर छुटाएका थिए। ​भर्सट्रेएटले उनको क्लाईन्टले बेल्जियममा बस्ने उद्देश्य नराखेको र प्रशासनले पुरस्कार रकम हासिल नभएकोसम्म उनलाई सुपुरदगी नगर्ने प्रत्याभुत दिएको बताए।

चिठ्ठा कार्यक्रमका संचालकका अनुसार विजेयी भएको चिठ्ठा पाच युरो(५.५ अमेरिकी डलर)को थियो। बेल्जियममा १,००,००० युरो (१,०८,००० अमेरिकी डलर)भन्दा बढिको चिठ्ठाको पुरस्कार रकम विक्रेताले सोझै वितरण गर्न पाउदैनन्। यसका लागि विजेता रकम लिनको लागि कम्पनीको मुख्यालयमा जानुपर्छ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार