नेपालमा थप २६ जनामा कोरोना संक्रमण

काठमाडौँ ।  कोरोना भाइरस सङ्क्रमण निरन्तर घट्दो क्रममा रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार पाँच हजार १९२ मा कोरोना परीक्षण गर्दा २६ जनामा सङ्क्रमण पुष्टि भएको उल्लेख छ ।

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार १४६ रहेको छ । पछिल्लो समयमा ७७ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६५ हजार ३०५ पुगेको छ । सङ्क्रमणमुक्त हुनेदर ९८ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २०० भन्दाबढी सङ्क्रमित भएका जिल्लामा कुनै पनि छैनन् । शून्य सङ्क्रमित भएका जिल्लामा बारा, रामेछाप, मनाङ, मुस्ताङ, पूर्वरुकुम, जाजरकोट, डोल्पा, हुम्ला, जुम्ला, सल्यान र बाजुरा छन् । नेपालमा सङ्क्रमणदर १७।७ प्रतिशत छ ।

हाल होम आइसोलेशनमा एक हजार ९६, संस्थागत आइसोलेशनमा ५०, आइसीयूमा १८ र भेन्टिलेटरमा तीनको उपचार हुँदैछ । विगत २४ घण्टामा ७१ हजार ७२ ले खोप लगाएका छन् ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार