नेपालमा थप ४२ जनामा कोरोना संक्रमण

काठमाडौँ ।  कोरोना भाइरसको सङ्क्रमण घट्दै गएको छ । पछिल्लो २४ घण्टामा थप ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अवधिमा पाँच हजार ४७१ जनाको कोरोना परीक्षण गरिएको थियो । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार १९८ रहेको छ । पछिल्लो २४ घण्टामा ८६ जना कोरोनाबाट मुक्त भएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६५ हजार २२८ पुगेको छ । निको हुने दर ९८ दशमलव सात प्रतिशत छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट कोहीको पनि मृत्यु भएको छैन । मन्त्रालयका अनुसार शून्य सङ्क्रमित भएका जिल्लामा सङ्खुवासभा, सोलुखुम्बु, बारा, रामेछाप, दोलखा, मनाङ, मुस्ताङ, पूर्वीरुकुम, हुम्ला र बाजुरा छन् । नेपालमा सङ्क्रमणदर १७।७ प्रतिशत छ । हाल होम आइसोलेशनमा एक हजार १४६, संस्थागत आइसोलेशनमा ५२, आइसियुमा २० र भेन्टिलेटरमा तीन जनाको उपचार हुँदैछ । विगत २४ घण्टामा ५० हजार १५१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार