को हुन् यी नेता ? जसले ५३ वर्ष कान्छीसँग गरे ‘विवाह’

उज्यालो प्रतिनिधि १४ चैत्र २०७८, सोमबार रोचक बिचित्र

काठमाडौँ ।  इटलीका पूर्व प्रधानमन्त्री सिल्वियो बर्लुस्कोनीले आफूभन्दा ५३ वर्ष कान्छी महिलासँग प्रतिकात्मक विवाह गरेका छन् । यसका तस्बिर पनि सार्वजनिक भएका छन् । जसमा ८५ वर्षका बर्लुस्कोनी, ३२ वर्षकी मार्ता फासिनासँग ‘प्रेमको उत्सव’ मनाइरहेको देखिएका छन् । स्मरण रहोस्, मार्ता फासिना आफैं पनि एक सांसद हुन् ।

यो समारोह मिलानको लेस्मो शहरको एक ऐतिहासिक स्थल विला गेर्नेटोमा भयो । यो समारोह विवाह जस्तै देखिएतापनि उनीहरुले आधिकारिक रुपमा विवाह भने गरेनन् किनभने यी दुईको परिवारबीच सम्पत्तिको विषयमा झगडा छ । बर्लुस्कोनीको यो निर्णयले उनीहरुका पाँच सन्तान असन्तुष्ट भएको बताइन्छ । वास्तवमा विवाहपछि बर्लुस्कोनीको ५ बिलियन पाउन्ड (८ खर्ब रुपैयाँ) को सम्पत्तिमा फासिनाको पनि अधिकार लाग्नेछ ।

फासिना यसअघि फ्रान्सेस्का पास्कलसँग सम्बन्धमा थिइन् । तर सन् २०२० मा उनीहरुको ब्रेकअप भयो । अब अहिले उनी आफूभन्दा ५३ वर्ष जेठा व्यक्तिसँग सम्बन्धमा भएका कारण चर्चामा छिन् ।

इटलीको समाचार एजेन्सी एएनएसएका अनुसार फासिनाले केलाब्रियन भाषामा ग्रेजुएशन गरेकी छिन् । सोसल मिडियामा उनी असाध्यै चर्चित छिन् ।

यद्यपि, असाध्यै कम उमेरकी महिलामा बर्लुस्कोनीको रुची देखेर धेरैलाई अचम्म पनि लागिरहेको छैन किनभने उनको नाम सेक्स वर्करसँगको स्क्यान्डलमा पनि जोडिन्छ । उनीमाथि अहिले पनि एक नाबालिगमाथिको यौन सम्बन्धको मामिलामा साक्षीलाई पैसा दिएको आरोप लागिरहेको छ ।

पूर्व प्रधानमन्त्रीलाई सुरुमा फेब्रुअरी र मे २०१० को बीचमा यौन सेवाका लागि नाबालिग मोरक्कन यौनकर्मी रुबी द हार्ट स्टिलर भनिने करिमा एल महरुगलाई ६ मिलियन पाउन्ड ९९६ करोड रुपैयाँ० तिरेको आरोप लागेको थियो । तर पनि उनलाई पुनरावेदनमा दोषी ठहर गर्न सकिएन ।

बुर्लस्कोनीमाथि सन् २०१३ मा कर छलीको पनि आरोप लागेको थियो । त्यसपछि सरकारी कार्यालयमा उनको नियुक्तिमाथि रोक लगाइएको थियो । उनी अनियमितता र ठगीका कयौँ मुद्दाका आरोपी पनि हुन् ।

बर्लुस्कोनीको स्वास्थ्यको विषयमा पनि मिडियामा विभिन्न खालका खबर आइरहन्छन् । स्वास्थ्य अवस्थाबारे कुरा उठाउँदै उनले प्रधानमन्त्रीको उम्मेदवारीबाट आफ्नो नाम फिर्ता लिएका थिए । त्यसपछि सर्जियो मटरेलालाई इटलीका नयाँ प्रमुख बनाइएको थियो ।

 

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार