देशभर थप २३ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ ।  देशभर पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अवधिमा पाँच हजार २२२ जनाको पिसिआर परीक्षण गरिएको थियो । योसँगै नेपालमा पिसिआर विधिबाट परीक्षण गर्दा कोरोना सङ्क्रमितको सङ्ख्या नौ लाख ७८ हजार ३३२ पुगेको छ । एन्टिजेन विधिबाट परीक्षण गर्दा एक लाख ४० हजार ११३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो समय थप २१५ जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६४ हजार ८२३ पुगेको छ । निको हुने दर ९८ दशमलव ६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण कोहीको पनि ज्यान गएको छैन ।

पछिल्लो २४ घण्टामा २४ हजार ६९१ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ५५८ रहेको छ । हाल होम आइसोलेशनमा एक हजार हजार ५१३, संस्थागत आइसोलेशनमा ४५, आइसियुमा २३ र भेन्टिलेटरमा दुई रहेका छन् ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार