दक्षिण कोरियामा एकै दिनमा तीन लाख ९५ हजारभन्दा बढी कोरोना सङ्क्रमित

सियोल । दक्षिण कोरियामा एकै दिनमा तीन लाखभन्दा धेरै कोरोनाभाइरसका सङ्क्रमित भेटिएका बिहीबार प्राप्त समाचारमा बताइएको छ । प्राप्त समाचारअनुसार यहाँ बुधबार गएको २४ घण्टा यतामात्र तीन लाख ९५ हजारभन्दा बढी कोरोना सङ्क्रमित पाइएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

यहाँका अधिकारीहरुले पछिल्ला केही दिनमा यहाँ कोरोना भाइरसका सङ्क्रमितहरुको संख्यामा केही कमी आएको तर उल्लेख्य मात्रामा भने घट्न नसकेको बताएका हुन् । यहाँ बुधबार तीन लाख ९५ हजार ७०० जनाजति सङ्क्रमित पाइएको उनीहरुले बताएका छन् ।

दक्षिण कोरियाको रोग नियन्त्रण तथा निवारण एजेन्सीले सो कुराको जानकारी दिएको हो । सो एजेन्सीका अनुसार यहाँ गएको २४ घण्टा यता त्यो भन्दा अघिल्लो दिनका तुलनामा भने केही कमी आएको बताइएको छ । अघिल्लो दिनमात्र यहाँ ४ लाख ९० हजार जनाको हाराहारीमा संक्रमितहरु भेटिएका थिए ।

सो निकायका अनुसार अहिलेसम्म यहाँ कोरोना सक्रमित हुनेको संख्या एक करोड नाघेको छ । यहाँ पछिल्ला केही दिनमा दैनिक कम्तीमा पनि तीन लाखको संख्यामा संक्रमित देखिने गरेका छन् । यहाँका अधिकारीहरुले कोरियामा पछिल्ला हप्ताहरुमा कोरोनाको ओमिक्रोन भेरियन्ट निकै विस्तारित भएको बताएका छन् । उनीहरुले नागरिकहरुले पूर्णमात्रामा खोप लगाएकाले उनीहरुमा मृत्युदर कम रहेको तर पछिल्लो समयमा ओमिक्रोनको प्रकोप भने बढ्दै गएको बताएका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार