हंगेरीकी महिला खेलौना विमानसँगको प्रेममा पागल

उज्यालो प्रतिनिधि ३० फाल्गुन २०७८, सोमबार रोचक बिचित्र

काठमाडौँँ ।  हंगेरीकी एक महिला एउटा खेलौना विमानसँग प्रेममा पागल बनेकी छिन् । २८ वर्षीया सान्ड्रा आफूले खेलौना विमानसँग पहिलो पटक वास्तविक प्रेम पाएको दाबी गर्छिन् । सो विमान सान्ड्राकै शब्दमा उनीसँग भएको सबैभन्दा असल पार्टनर हो । असल प्रेमीकाको नाताले उनले विमानलाई के पो गर्दिनन् रु चुम्बन गर्छिन् । हरेक दिन शुभ रात्रि र शुभ बाहिनीको कामना गर्छिन् ।

 

बुढापेस्टकी यी युवतीको विमानसँगको चक्कर जनवरीदेखि चलेको हो । त्यसलाई उनले लुफान्स भनेर बोलाउन रुचाउँछिन् । उनले त्यसलाई ६०० पाउन्डमा अनलाईनमा किनेकी हुन् । ‘योसँग किन माया बस्यो मलाई नै पत्तो छैन् । यसलाई केबल म माया गर्छु,’ उनी भन्छिन्, ‘उ सुन्दर छ । उ मेरो आत्मीय साथी हो । बिहान उठ्ने बित्तिकै म उसलाई हेर्छु । सुत्नुअघि मैले दर्शन गर्ने अन्तिम पनि यही हो ।’ मिररमा प्रकाशित एउटा रिपोर्टअनुसार सान्ड्रा पहिलो पटक तीन वर्षको उमेरमा प्लेन देखेकी थिइन् । किशोरावस्थामा विमानमा काम गर्ने सपना देखेकी थिइन ।

उनले सन् २०२१ मा उड्यन क्षेत्रमा काम गर्ने अवसर पाइन । तर, गत वर्ष काम छोडेपछि खेलौना विमानसँगको सम्बन्धमा जोडिइन । आफू वास्तवमै विमानसँग प्रेममा परेको उनले दाबी गरेकी छिन् । लुफान्स उनीसँग भएको अहिलेसम्मकै सबैभन्दा उपर्युक्त पार्टनर हो । ‘मैले पहिले कुनै पार्टनरसँग यस्तो निकट महसुस गरेको थिइँन । जीवनमा पहिलो पटक म प्रेममा छु । औसत व्यक्तिभन्दा बढी मैले सधै विमानहरू मन पराएकी छु । ’

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार