काठमाडौ । कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट राजीनामा दिएका छन्। गृहजिल्ला मकवानपुर पुगेर उनले मंगलबार पार्टी छाडेको घोषणा गरेका हुन्।
थापानिकट केन्द्रीय सदस्य राजाराम बर्तौलाले यसको पुष्टि गरेका छन्।
उनले सोमबारै काठमाडौंमा आफूनिकट नेताहरुको भेला गरेर राप्रपाबाट अलग भएर नयाँ पार्टी बनाउने घोषणा गरेका थिए।
Facebook Comments Box






