देउखुरीमा मास्क अभियान सुरु

शिवु खनाल, देउखुरी । लमहीमा शुक्रवारबाट देउखुरी मास्क अभियान सुरु गरिएको छ । महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूल नाराका साथ मास्क अभियान सुरु गरेको मैनादेवि फाउण्डेशन दाङका संयोजक अंकित खनालले बताए । उनले मास्कबारे यो अभियानबाट महामारीभर मास्क लगाइराख्ने प्रतिबद्धता सबैले गर्नुपर्ने बताउदै मास्कलाई सही तरिकाले लगाउन सिकाउनका लागि अभियान सञ्चालन गरिएको जानकारी दिए ।

मास्कको जनचेतना नभएर मास्क लगाई मानिसको व्यवहारमा परिवर्तन गर्न अभियान सञ्चालन गर्न थालिएको मैनादेवि फाउण्डेशन दाङका सह—संयोजक रोशन भेटवालले बताए । बढ्दै गइरहेको तेस्रो चरणको (कोभिड १९) संक्रमणलाई रोकथाक गर्न शुक्रवार लमहीमा निःशुल्क मास्क अभियान सुरु गरिएको छ । लमही कोहलपुर सडक खण्ड पूर्व पश्चिम राजमार्ग लमहीको रातोँ डाँडा स्थित चेक पोइन्ट इन्ट्री गर्न आउने साना तथा ठूला सवारी साधन, पैदल यात्रु, लगायतलाई निःशुल्क मास्क वितरण गरिएको छ । कोरोना भाइरसबाट बच्न बढी प्रभावकारी उपाय भनेको नै मास्क रहेकोले अभियान चलाइएको हो ।

तेस्रो लहरको कोरोना संक्रमण नियन्त्रण नआउदै नेपालमा फेरि पनि संक्रमण बढ्न थालेको छ । बीचमा केही समय सामान्य बन्दै गएको संक्रमणदर अहिले दैनिक दश हजारको हाराहारीमा बढ्ने गरेको छ । मृत्यु हुनेको संख्या पनि घटेको छैन । यसलाई नै मध्यनजर गर्दै लमहीबाट मास्क अभियान सुरु गरेको मैनादेवि फाउण्डेशन दाङका संयोजक अंकित खनालले बताए ।

संक्रमण दिनानुदिन बढे पनि मानिसले सही तरिकाले मास्क नलगाउने गरेएको पाइएको छ । मास्क लगाए पनि सहि तरिकाले प्रयोग गरेका छैनन, त्यसैले पनि अभियान अन्तरगत विभिन्न चेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्ने गरेको मैनादेवि फाउण्डेशन दाङका सह—संयोजक रोशन भेटवालले बताए । अभियानमा वडा प्रहरी कार्यालय लमही, अस्थायी ट्राफिक पोष्ट लमही, पत्रकार लगायतको सहभागिता रहेको थियो । अभियानमा गढवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष प्रकाश भण्डारी, वि.पि मेडिकल लमहीका संचालक विष्णुप्रसाद पाण्डे र जयसवाल ज्वैलर्सबाट सहयोग गरेको फाउण्डेशन दाङका सह—संयोजक रोशन भेटवालले जानकारी दिए ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार