अस्पताल भर्ना हुने सङ्क्रमित थपिए

काठमाडौँँ ।  दिनहुँ कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै अस्पताल भर्ना हुनेको सङ्ख्या पनि बढ्दै गएको छ । महाबौद्धस्थित वीर अस्पतालमा गत २४ घण्टामा ३२ जना सङ्क्रमित भर्ना भएका छन् । अघिल्लो दिनसम्म वीर अस्पतालको कोभिड वार्डमा ४० जना सङ्क्रमित भर्ना भएकोमा शनिबार बिहानसम्म त्यो सङ्ख्या बढेर ६५ पुगिसकेको छ ।

 

युनिफाइड कोभिड अस्पताल (वीर अस्पताल)का प्रमुख कार्यकारी अधिकारी डा। भूूपेन्द्र बस्तेतले वीर अस्पतालमा भर्ना हुने कोभिड सङ्क्रमितको सङ्ख्या दैनिक बढिरहेको बताए । अस्पतालका स्वास्थ्यकर्मीलाई समेत कोभिड देखिन थालेपछि बिरामीको उपचारमा समेत समस्या परेको जानकारी दिँदै उनले २४ घण्टाको अन्तरालमै ३२ जना सङ्क्रमित भर्ना हुनुलाई सकारात्मक लिन नमिल्ने बताए ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि कोभिडका बिरामी बढ्न थालेका छन् । अस्पतालकी निर्देशक डा. मनिषा रावलले केही दिनयता अस्पतालमा कोभिडका बिरामी बढ्न थालेको जानकारी दिइन् । बिरामी बढ्न थालेपछि कोभिड र ननकोभिडका बिरामीको उपचार कसरी गर्ने भनेर आकस्मिक छलफल भएको जानकारी दिँदै उनले केही हप्ता कोभिडका बिरामी बढ्न सक्ने बताइन् ।

करिब एक साताअघि आउने सङ्क्रमितमा अस्पताल भर्ना गराउनुपर्ने बिरामी नभएको जानकारी दिँदै उनले पछिल्लो समय कोभिडका बिरामी बढ्न थालेको बताइन् । अस्पतालको आकस्मिक कक्षमा हाल दैनिक १५/२० जना सङ्क्रमित आउने गरेको जानकारी दिँदै उनले तीमध्ये सरदर पाँच जना भर्ना गर्नुपर्ने अवस्थाका बिरामी आउने गरेको बताइन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार