भारतमा थप एक लाख ६८ हजार नयाँ सङ्क्रमित

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप एक लाख ६८ हजार ६३ जना नयाँ सङ्क्रमित भएका छन् । यो सङ्ख्या अघिल्लो दिनको तुलनामा ११ हजार ६६० ले कम भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जनाएको छ ।

सोमबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो २४ घण्टामा भारतमा एक लाख ७९ हजार ७२३ जना सङ्क्रमित भएको उल्लेख गरिएको थियो । मन्त्रालयका अनुसार थपिएका नयाँ सङ्क्रमितहरु मध्ये चार हजार ४६१ जना कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा रहेको ओमिक्रोन भाइरसबाट सङ्क्रमित भएका छन् ।

भारतमा अहिले आठ लाख २१ हजार ४४६ जना सङ्क्रमित अवस्थामै रहेको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार दैनिक नयाँ सङ्क्रमितहरुको सङ्ख्या १०.६४ प्रतिशतले बृद्धि हुदै गएको छ । पछिल्लो एक दिनमा भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या ६९ हजार ९५९ रहेको छ । योसँगै कुल सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भने तीन करोड ४५ लाख ७० हजार १३१ रहेको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार