देशभर थप ९६८ मा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ ।  देशभर पछिल्लो २४ घण्टामा थप ९६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या बिहिबारभन्दा झण्डै दोब्बर हो । बिहिबार ५४० जनामा सङ्क्रमण पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा १४ हजार ९७१ जनाको नमूना परीक्षण गरिएको थियो । आठ हजार २७२ जनाले पीसीआर र छ हजार ६९९ले एन्टीजिन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा २६२ कोरोनाबाट निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या आठ लाख १३ हजार ७०९ पुगेको छ । निको हुनेदर ९७ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिँदा हालसम्म आठ लाख ३१ हजार ५२ र एन्टीजेन विधिबाट परीक्षण गरिँदा ९६ हजार ८४१ सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ४९ लाख १० हजार १४ र एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या आठ लाख ५१ हजार ९३ पुगेको छ । कुलमा सङक्रमण दर १६ दशमलव नौ प्रतिशत छ ।

कोभिडबिरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा दुई लाख ६३ हजार ३७१ रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ७४१ रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६०२ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत रहेको छ ।

हाल भेन्टिलेटरमा रहनेको सङ्ख्या जम्मा १५ र आइसियूमा ८१ जना रहेका छन् । होम आइसोलेशनमा पाँच हजार २८६, संस्थागत आइसोलेशनमा ४५५ र क्वारेन्टिनमा ११३ रहेका छन् ।

हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा काठमाडौँ, ललितपुर र भक्तपुर रहेका छन् भने दुई सयभन्दा बढी उपचारार्थ सङ्क्रमित रहेका जिल्लामा सुनसरी, कास्की, बाँके र कैलाली छन् । शून्य सङ्क्रमित रहेका जिल्लामा रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र मुगु रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा एक हजार ४५४, ललितपुर ६६४ र भक्तपुरमा ५६२ सक्रिय सङक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार