बेलायतमा एकै दिन कोरोना भाइरसका १ लाख ८३ हजारभन्दा बढी सङ्क्रमित

लण्डन । बेलायतमा कोरोना भाइरसको सङ्क्रमण सुरु भएदेखिकै मंगलबार सबैभन्दा धेरै सङ्क्रमित भेटिएका छन् । बेलायतमा मंगलबार त्यसको २४ घन्टायता मात्र कम्तीमा पनि १ लाख ८३ हजार ३७ जना सङ्क्रमित भेटिएका यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् ।

यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार एकै दिनमा यहाँ यतिधेरै सङ्क्रमितहरु भेटिएको यो पहिलो घटना हो ।यसअघि पनि यहाँ सोमबार मात्र पनि करिब १ लाख ३० हजार जनामा यो सङ्क्रमण भेटिएको बताइएको थियो ।त्यस्तैगरी उनीहरुका अनुसार मङ्गलबार यहाँ कोरोनाका कारण ५७ जनाको ज्यान गएको छ । यसअघि सोमबार मात्र यहाँ यो सङ्क्रमणबाट १८ जनाको मात्र ज्यान गएको थियो ।

यसरी मङ्गलबार यहाँ मृत्यु हुनेको संख्या पनि बढेको पाइएको हो । यहाँ अहिलेसम्ममा १ करोड २५ लाख भन्दा बढी सङ्क्रमित पाइएका छन् ।त्यसैगरी बेलायतका स्वास्थ्य अधिकारीहरुले यहाँ अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणबाट कम्तीमा पनि १ लाख ४८ हजार भन्दा बढीको ज्यान गएको बताएका छन् ।

यहाँ पछिल्लो समयमा ओमिक्रोनको सङ्क्रमण पनि बढ्दै गएको छ । जसका कारण यहाँको सरकारले कतिपय सार्वजनिक कार्यहरुमा प्रतिबन्ध लगाएको छ भने सतर्क रहन आग्रह पनि गरेको छ ।पछिल्लो समयमा यहाँ ओमिक्रोनको प्रकोप बढेपछि अस्पताल भर्ना हुने सङ्क्रमितहरुको संख्या पनि बढ्दो देखिएको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार