काठमाडौ । नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशको मतगणना सुरु भएको छ । काठमाडौको बतीसपुतलीस्थित अनुपम फुडल्याण्डमा पदाधिकारी छान्न आज भएको निर्वाचनको मतगणना सुरु भएको हो । मतदानमा कुल २७५ मध्ये २६१ मत खसेको केन्द्रिय निर्वाचन आयोगका सदस्य गोविन्द बटालाले जानकारी दिए । पदाधिकारीका लागि अध्यक्षमा सरल सहयात्री पौडेल र दिननाथ गौतम प्रतिस्पर्धामा छन् । त्यस्तै उपाध्यक्षमा १०, सचीवमा ३, सहसचिवमा ७ र कोषाध्यक्षमा ३ जना उम्मेदवार छन् । माओवादी बागमती प्रदेशले निर्वाचनमार्फत अध्यक्ष १, उपाध्यक्ष ३, सचिव १, सहसचिव ३ र कोषाध्यक्ष १ गरी ९ जना पदाधिकारी छान्दैछ । 







