पछिल्लो २४ घण्टामा थप १८१ जनामा कोरोना पुष्टि, २८९ जना संक्रमणमुक्त

काठमाडौं ।  पछिल्लो २४ घण्टामा नेपालमा थप १८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ८३१ र एन्टिजेन विधिबाट ५ हजार ४१ जनामा परिक्षण गर्दा १८१ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख २५ हजार ७३६ र एन्टिजेनबाट ९५ हजार ९८१ जना पुगेको छ ।

यस्तै, आज थप २८९ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख ८ हजार ८९२ जना पुगेको छ । निको हुने दर ९८ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १ जनाको मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ५७३ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २७१ रहेको छ ।

उज्यालो नेटवर्कको अन्य समाचार पढ्न यहाँ क्लिक गर्नुहोस ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार