भालुवाङमा प्रदेश राजधानी बीच भागमा पर्ने भएकाले तोकिएको हो, कसैले ल्याएको होईन् : मेटमणी

शिवु खनाल ७ भाद्र २०७८, सोमबार मुख्य नेटवर्क

दाङ । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का केन्द्रीय सदस्य मेटमणी चौधरीले भूमि सुधार मन्त्रालय आफ्नो भागमा पर्ने बताएका छन् । पार्टीको दाङ निर्वाचन क्षेत्र नं. १ को आयोजनामा भएको भेलामा यस्तो बताए । ‘सम्भवः हाम्रो भागमा भूमि सुधार मन्त्रालय पर्छ’,उनले भने‘ प्रदेश, केन्द्र, स्थानीय तहसबैमा हाम्रो नेतृत्वमा सुकुम्वासी आयोग गठन हुन्छ, हामी चुनाबसम्म सबै सुकुम्वासीलाई जग्गा दिन्छौं ।’

प्रतिनिधिसभा सदस्य समेत रहेका चौधरीले भूमिहिनलाई निःशुल्क जग्गा दिने सरकारको नीति भएको र १० बर्ष अघि देखि यो कार्य जारी रहेको भन्दै भूमिहिनहरुले जग्गा पाउने कुरामा ढुक्क हुन समेत आग्रह गरे ।‘विद्येयक बनेको छ, कानुन बनेका छन्’,उनले भने‘ अब भूमि आयोग पुर्नगठनको काम भएको छ, जसरी पनि भूमिहिनलाई हामी जग्गा दिन्छौं ।’

साथै उनले यस अघिको आयोगमा वेथितिहरु धेरै भएको समेत बताए ।‘देशै भर आयोगमा ज्वाई, साशुहरुलाई भर्ना गर्ने काम भयो’, उनले भने‘ जग्गा दिन्छौं भनेर धेरै ठाउँका सुकुम्वासीहरुबाट पैसा असूली गरेको भन्ने गुनासो पनि आएका छन् ।’

नेकपा(एकीकृत समाजवादी)को भविष्य उज्ज्वल रहेको समेत उनले बताए ।‘हामीसंग माधव नेपाल, झलनाथ खनाल र बामदेव कमरेड पनि हुनुहुन्छ’,उनले भने, ‘चार नेता मध्ये उता तिर केपी ओली मात्रै हो, हाम्रो भविष्य उज्ज्वल छ ।’

साथै उनले एउटा दलले मात्रै लामो समय सत्ता सञ्चालन गर्न नसकेको इतिहास नभएको भन्दै अबको निर्वाचनमा कार्यगत एकता गरेर जाने गरी सम्झौता भएको समेत बताए । ‘हामीले सकेसम्म विचार मिल्ने राजनीतिक दलहरुबीच एकता गर्ने, यदि त्यो भएन भनेपनि चुनाबी गठबन्धन गर्ने गरि सहमति भएको छ।’ उनले भने ।

अर्को प्रसंगमा लुम्बिनी प्रदेशको राजधानी ल्याउन शंकर पोखरेलको मात्रै भूमिका नभई प्रदेशको बीच भागमा पर्ने भएकाले भालुवाङ तोकिएको समेत बताए । शंकर पोखरेलले बेलझुण्डीमा लुम्बिनी प्रदेशको स्थायी राजधानी लैजान चाहेको भन्दै बीचमा भालुवाङ पर्ने भएकाले नै भालुवाङमा राजधानी तोकिएको उनको भनाई थियो ।

साथै अहिले शंकर पोखरेलले देउखुरी क्षेत्रमा चुनाब लड्ने चर्चा रहेको भन्दै यदि देउखुरीमा चुनाब लड्न आए सम्पूर्ण खर्च व्यहोर्ने भनि व्यांग्य पनि गरे ।‘यदि शंकर पोखरेल देउखुरी चुनाब लड्न आए भने म चुनाबमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्छु’,उनले भने‘ यो क्षेत्रमा आए भने हामी एक हजार पनि भोट कटाउन सक्दैनन् ।’

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार